काठमाडौं । नेपालको बढ्दो व्यापारघाटा न्युनिकरण गर्नका लागि अर्थमन्त्री युवराज खतिवडाले नयाँ फर्मुला सार्वजनिक गरेका छन । आयात प्रतिस्थापनका लागि अर्थमन्त्री खतिवडाले स्वदेशी उद्योगको संरक्षण तथा बाहिरबाट आयात हुने अनावश्यक वस्तुहरुको खपतलाई न्युनिकरण गर्ने बताएका हुन । बिहीबार भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन सत्रमा बोल्दै उनले आगामी दिनमा अब भन्सार प्रक्रियालाई सहज तरिकाले अघि बढाउँदै स्वदेशी…