काठमाडौं, ११ चैत । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ५६औँ वार्षिक साधारण सभाले सात जना सञ्चालक समिति चयन गरेको छ । शुक्रवार साँझ सम्पन्न साधारण सभाले १५ प्रतिशत लाभांस वितरण गर्नेसहित ७ जना सञ्चालक समितिसमेत चयन गरेको हो । साधारण सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालक पदमा नियुक्त गरेको छ ।…