बिजखबर संवाददाता ६ मंसिर, काठमाडौं । उद्योग मन्त्रालयले प्रत्येक निर्वाचन क्षेत्रमा ‘उद्योग ग्राम’ बनाउने भएको छ । मन्त्रालयले औद्योगिकरणमार्फत रोजगारी सिर्जना गर्न तथा मुलुकलाई आत्मनिर्भरोन्मूख बनाउन यस्तो प्रस्ताव सभासदहरुसँग लैजाने तयारी गरेको उद्योग मन्त्री महेश बस्नेतले बताए । बिजखबरसँगको विशेष कुराकानीमा मन्त्री वस्नेतले सवै निर्वाचन क्षेत्रमा उद्योग ग्राम बनाउने अबधारणा मन्त्रालयले बनाइरहेको जानकारी दिए । …