Logo

प्रत्येक निर्वाचन क्षेत्रमा ‘उद्योग ग्राम’ बनाउने प्रस्ताव, सभासदसँग छलफल गरिँदै

प्रत्येक निर्वाचन क्षेत्रमा ‘उद्योग ग्राम’ बनाउने प्रस्ताव, सभासदसँग छलफल गरिँदै


रामराजा श्रेष्ठ
0
Shares

image_6बिजखबर संवाददाता
६ मंसिर, काठमाडौं । उद्योग मन्त्रालयले प्रत्येक निर्वाचन क्षेत्रमा ‘उद्योग ग्राम’ बनाउने भएको छ । मन्त्रालयले औद्योगिकरणमार्फत रोजगारी सिर्जना गर्न तथा मुलुकलाई आत्मनिर्भरोन्मूख बनाउन यस्तो प्रस्ताव सभासदहरुसँग लैजाने तयारी गरेको उद्योग मन्त्री महेश बस्नेतले बताए ।
बिजखबरसँगको विशेष कुराकानीमा मन्त्री वस्नेतले सवै निर्वाचन क्षेत्रमा उद्योग ग्राम बनाउने अबधारणा मन्त्रालयले बनाइरहेको जानकारी दिए ।  ‘प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एउटा उद्योग ग्राम बनाउने अवधारणा अघि सारेका छौं’ उनले भने, ‘अब सभासदहरुसँग छलफल गरी यसलाई कार्यान्वयनमा लैजाने छौं ।’
निर्वाचन क्षेत्रमा उद्योग ग्राम बनाउनको लागि बजेट तर्जुमा गर्ने कार्य समेत भइरहेको उनले जानकारी दिए । ‘शुरुमा सभासदलाई यसबारे अवगत गराउने छौं’ उनले भने, ‘त्यसपछि उहाँहरुको सुझावअनुसार कार्य योजना बनाउने छौं ।’ हाल बजेटका लागि समेत पहल गर्ने उनले बताए । सभासदसँगको छलफलपछि बजेटका लागि अर्थ मन्त्रालयमा  प्रस्ताव गरिने उनले जानकारी दिए ।
सरकारले यसअघि पाँचै विकास क्षेत्रमा औद्योगिक तथा घरेलु ग्राम बनाउने कार्ययोजना समेत अघि सारिसकेको छ । तर, त्यसको कार्यान्वनय भने हुन सकेको छैन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL