काठमाडौं । स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन गर्न अन्तिम चरणका परीक्षणका काम धमाधम भइरहेको छ । ७६/७६ मेगावाटका ६ युनिट रहेको ४ सय ५६ मेगावाट जडित क्षमताको आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिका तय गरिएको आयोजनाले जानकारी दिएको छ । पहिलो…