काठमाडौं । काठमाडौं महानगरले सहकारीसम्बन्धी उजुरी तथा गुनासो दर्ता गर्न सबै वडा कार्यालयलाई अनुरोध गरेको छ । पछिल्लो समय बचत रकम फिर्ता माग सम्बन्धी बचतकर्ताको गुनासो बढ्दै गएपछि महानगरले वडामै गुनासो दर्ता गर्न पत्राचार गरेको हो । महानगरका अनुसार काठमाडौँ महानगरपालिका सहकारी नियमावली, २०८० को नियम १६ मा सदस्यको बचत रकम फिर्तासम्बन्धी व्यवस्था गरिएको छ ।…