Logo

नेप्से परिसुचकलाई रेमिट्यान्सको आड

नेप्से परिसुचकलाई रेमिट्यान्सको आड


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । गत आर्थिक बर्षमा उच्चतम १ हजार ८ सय ८१ अंकपुगमा पुगेको नेप्सेले त्यसयता बुलिस टे«ण्ड समात्न सकेको छैन । त्यसयता लगानीकर्ताहरुले पुनः नेप्से परिसुचक बढ्ने आशा गरेपनि वियरिस ट्रेण्ड समात्दै १ हजार २ सय अंकभन्द तल ओर्लिएको यियो ।

कुनै बेला बजारमा तरलता (लगानी योग्य पूँजी) अधिक भएको समयमा नेप्सेले उच्च विन्दु समातेको थियो । तर, तरलता अभाव तथा क्रेडिड क्रञ्चको अवस्थाले नेप्सेलाई ठूलो धक्का दिएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । आर्थिक बर्ष २०७२÷७३ मा देशमा रेमिट्यान्स भित्रने बृद्धिदर सबैभन्दा उच्च रहेको बेला बजारमा नेप्से परिसुचक पनि सोही अनुरुप बढेको थियो । देशमा रेमिट्यान्स बढी भित्रदा लगानीयोग्य पूँजी बढी भई त्यसको प्रभाव सेयर बजारमा देखियो थियो फलस्वरुप नेप्सेल आर्थिक बर्ष २०७३÷७४ मा सबैभन्दा बढी अंक चुम्न सफल भएको थियो ।

नेपाल भित्र्ने रेमिट्यान्सको बृद्धिदरमा ओरालो लागेसँगै नेप्से परिसुचक पनि ओरालो लाग्न थालेको छ । रेमिट्यान्सको बृद्धिदर घट्दा बजारमा लगानीयोग्य पूँजी कम भएको र जसले गर्दा लगानीकर्ताको आकर्षण कम हुन थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । रेमिट्यान्स बृद्धिदर घट्दा बजारमा तरलता अभाव हुनुका साथै ब्याजदर समेत बढ्न गएको र जसका कारण धेरै जसो आर्थिक सुचकहरुमा असर गर्ने नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख नरबहादुर थापा बताउँछन् । अघिल्ला बर्षहरुमा रेमिट्यान्स भित्रने क्रम बढ्दा बजारमा ठूलो मात्रामा तरलता भई सो रकम पूँजी बजारमा लगानी भएको थियो भने त्यसको ब्याजदर पनि कम थियो । तर, अबका दिनमा वित्तीय अवस्था संकुचन भई तरलता अभाव हुनुका साथै ब्यादर समेत उच्च हुने उनको तर्क छ । जसको प्रत्यक्ष असर सेयर बजारमा पर्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

२०७२ सालमा नेपाल भित्रने रेमिट्यान्स बृद्धिदर ३६ प्रतिशतसम्म पुगेकोमा २०७४ भदौं सम्म आईपुग्दा शुन्यान्तरमा झरेको छ । गत बर्ष देखि ओरालो लागेको रेमट्यिान्स बृद्धिदर क्रमश घट्दै गएको छ । नेपाल भित्रले रेमिट्यान्स बृद्धिदर घट्दा त्यसको प्रत्यक्ष असर शोधनान्तर बतच र चालू खातामा देखिसकेको छ भने आगामी दिनमा अन्य क्षेत्रमा पनि देखिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

अहिले धेरै जसो वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले तोके अनुरुप चुक्ता पूँजी पुर्याउन हकप्रद आब्हानमा प्रतिस्पर्धा गरेका छन् । लगानीकर्ताहरुको पैसा हकप्रद खरिदमा आईरिएको छ भने दोस्रो बजारमा उनीहरुको चासो कम देखिएको छ । बजारमा रकम अभावकै कारण कुनै बेला दैनिक कारोबार २ अर्ब रुपैयाँभन्दा माथी पुगेको नेप्से अहिले ५० करोड रुपैयाँभन्दा तल खुम्चिएको छ । यसैबीचमा १० वटा नयाँ जीवन बीमा कम्पनी संचालनमा आएको छ । त्यसमा पनि यिनै लगानीकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी थुप्रिएर बसेको छ । नेपाल भित्र्ने रेमिट्यान्स घट्दो क्रममा रहेको र लगानीकर्ताहरुको पैसा हकप्रद र बीमा कम्पनीमा गएर थुप्रिदा अबका दिनमा बजार सोचे अनुरुप नबढ्न सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

देशमा चुनावी माहोल भएसँगै बजार बढ्ने आशामा बसेका लगानीकर्ताहरुको सोचाइ विपरित दिनहुँजसो नेप्से परिसुचक ओरालो लागेको छ । चुनावी माहौल तथा दशै पछि नेप्सेले बुलिस ट्रेण्ड समात्ने आशा गरिएपनि बजार ठिक विपरित ओरालो लाग्दै गएको छ । यो साताको पहिलो दिन सबै समुहका परिसुचक ओरालो लाग्दै १३ अंकले घटेको नेप्से परिसुचक सोमबार पनि साढे ३ अंकले घट्न पुगको छ । जसमा कारोबार रकमले पनि लय समात्न सकेको छैन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL