Logo

हातेमालो सहकारीको गोष्ठि सम्पन्न, वित्तिय सेवालाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता

हातेमालो सहकारीको गोष्ठि सम्पन्न, वित्तिय सेवालाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता


रामराजा श्रेष्ठ
0
Shares

 बिजखबर संबाददाता

२५ साउन, सिमरा ।  हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो त्रिवर्षीय रणनीतिक योजनाको आवधिक समिक्षा गोष्ठि सम्पन्न भएको छ ।

सो अवसरमा संस्थाका अध्यक्ष एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले समुदायमा आधारित उत्पादनकेन्द्रीत सहकारीहरुलाई करछुट गर्न र प्रवद्र्धनमा सहयोगका लागि राज्य गम्भिर हुनुपर्ने बताए ।
साथै संस्थाले दोस्रो रणनीतिक योजनाका अधिकांश लक्ष्यहरु पुरा भएको जानकारी दिए ।

पौडेलले आगामी दिनमा वित्तिय सेवालाई सरल र सुलभ बनाउदै सेवाका अन्य क्षेत्रहरुलाई प्रभावकारी बनाउने प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका उपनिर्देशक जनकराज पौडेलले बोर्ड सहकारी क्षेत्रको नीति निर्माण, बहशपैरवी र प्रवद्र्धनमा क्रियाशिल रहेको र छिटै नयां सहकारी ऐन आउन लागेको बताए ।

गोष्ठिमा सहभागीहरुले हातेमालोको सञ्चालन र व्यवस्थापनलाई प्रभावकारी बनाउन सञ्चालक समितिलाई आग्रह गरेका छन । विशेषतः सीमान्तीकृत समुदायको प्रवेश र वित्तिय पहुंचलाई प्रभावकारी बनाउन जरुरी रहेको बताउदै यसका लागि सदस्यहरुले आफनो भूमिकालाई सक्रियता बनाउनुपर्नेमा सहभागीहरुले जोड दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL