Logo

एभरेष्टले दियो ५ सय थान कम्वल, १ महिना निशुल्क रेमिट्यान्स सुविधा

एभरेष्टले दियो ५ सय थान कम्वल, १ महिना निशुल्क रेमिट्यान्स सुविधा


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता
१२ जेठ,काठमाडौं । एभरेष्ट बैंकले भूकम्पका पिडितहरुको राहत तथा पुर्नस्थापनाको लागि ५ सय थान कम्बल उपलब्ध गराएको छ । बैंकले पूर्व घोषणा अनुरुप, यी सामाग्री बीपी सामाजिक केन्द्र नामको एक गैर सरकारी संस्थालाई हस्तान्तरण गरेको छ । ती सामग्री चाडै नै विभिन्न प्रभावित क्षेत्रमा पुर्याइने बताइएको छ ।

यस अघि बैशाख २८, मा बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ५० लाख हस्तान्तरण गरिसकेको छ । साथै घरबार बिहिन पिडितका लागी आवास प्रदान गर्ने विभिन्न योजनामा कार्यरत छ ।

भूकम्प प्रभावितहरुलाई सहज बैंकिङ्ग सेवा उपलब्ध गराउन बैंकले भूकम्प तथा पराकम्पन अवधि भरी लगभग सम्पूर्ण शाखाहरुबाट सेवा उपलब्ध गराएको थियो । साथै पडितलाई राहत संकलनको लागि बैंकले नेपाल तथा भारत दुबै ठाउँमा रकम जम्मा गर्ने व्यवस्था मिलाएको थियो ।

त्यस्तै सहज रुपमा रेमिटेन्स रकम भित्र्याउन बैंकले एक महिनाको लागि निःशुल्क रेमिटेन्स सेवा पनि उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL