Logo

प्राइम बैंकले २० प्रतिशत बोनस दिने, चुक्तापुँजी ३ अर्ब भन्दा बढी हुने

प्राइम बैंकले २० प्रतिशत बोनस दिने, चुक्तापुँजी ३ अर्ब भन्दा बढी हुने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता ।
कात्तिक २३, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर प्रयोजनका लागि छुट्याइएको समेत गरी कुल २० प्रतिशत लाभांश हुने कुरा बैंकसँग सम्वद्ध स्रोतले जानकारी दिएको छ । बोनस बितरणपछि बैंकको चुक्तापुँजी करिब ३ अर्ब १८ करोड पुग्नेछ ।
केन्द्रीय बैंकको अनुमतिका लागि पठाइएकोमा स्वीकृति प्राप्त भैसकेको जनाइएको छ । बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत असारसम्ममा बैंकले कुल ६३ करोड रुपैयाँ खूद नाफा गरेको थियो । बैंकको हाल करिब ३४  अर्ब रुपैयाँ निक्षेप संकलन र करिब २८ अर्ब रुपैयाँ कर्जा प्रबाह भएको जनाइएको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा करिब १६ करोड खूद नाफा गरेको छ । यसैहप्ता त्रैमासिक रिपोर्ट सार्वजनिक हुने तयारी भैरहेको बैंक स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL