Logo

कुमारी बैंकको नाफामा छलाङ, नाफा १ अर्ब माथि पुग्दा यस्तो छ प्रतिशेयर आम्दानी

कुमारी बैंकको नाफामा छलाङ, नाफा १ अर्ब माथि पुग्दा यस्तो छ प्रतिशेयर आम्दानी



काठमाडौं ।  कुमारी बैंक लिमिटेडले चालु आवको पुस मसान्तसम्म आउँदा १ अर्बभन्दा बढी खुद नाफा कमाएको छ । बैैकको दोस्रो त्रैमाससम्मको सार्वजनिक भएको वित्तिय विवरणले यस्तो देखाएको हो । 

गत आवको पुसमसान्तसम्म ८० करोड ३० लाख खुद नाफा कमाएको बैंकले यस वर्ष १ अर्ब ६१ करोड ६५ लाख ५८ हजार रुपैंया बराबरको नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलना ५१.४९ प्रतिशत बढी हो ।

चालु आवको पुस मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा ६३ करोड ७५ लाख रुपैयाँ ५५ हजार रहेको छ । चुक्ता पूँजी रहेको १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

 गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १६ रुपैयाँ ८३ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १७ रुपैयाँ ५३ पैसा पुगेको छ। 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.०१ प्रतिशत बढेर २ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ५३.४७ प्रतिशत बढेर १ अर्ब ७४ करोड ५ लाख रुपैयाँ पुगेको छ। बैंकको अन्य सञ्चालन आम्दानी खुद व्यापार आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा धेरै बढेको हो।

पुस मसान्तसम्ममा बैंकले १ खर्ब २२ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब १४ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट बैंकले पुस मसान्तसम्ममा २ अर्ब ४९ करोड ७७ लाख ८९ हजार रुपैयाँ ब्याज आम्दानी र १ अर्ब ७४ करोड ५ लाख २३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७ र सञ्चालन नाफा साढे ५३ प्रतिशत बढेको हो ।

पुस मसान्तसम्ममा ६३ करोड ७५ लाख रुपैयाँ वितरण योग्य मुनाफा रहेको यस बैंकको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ८२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.१९ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL