Logo

गरिमा विकास बैंकको स्मार्ट टेलर सेवा सार्वजनिक, क्युआर कोडको प्रयोग गरी पैसा झिक्न मिल्ने

गरिमा विकास बैंकको स्मार्ट टेलर सेवा सार्वजनिक, क्युआर कोडको प्रयोग गरी पैसा झिक्न मिल्ने



काठमाडौं । गरिमा विकास बैंकले क्युआर कोडमार्फत पैसा झिक्न मिल्ने सुविधा (स्मार्ट टेलर) सार्वजनिक गरेको छ । बैंकले आफ्नो डिजिटल बैकिङलाई थप प्रभावकारी बनाउदै विना चेकबुक मोबाईल बैकिङमार्फत शाखामा उपलब्ध क्युआरलाई स्क्यान गरि पैसा झिक्न मिल्ने सुविधा सार्वजनिक गरेको हो ।

हाललाई यो सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध छ तर बैंकले चाडै नै आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट यो सुविधा उपलब्ध गराउने जानकारी दिएको छ । डिजिटल बैकिङलाई प्राथमिकताका साथ आत्मसाथ गर्दै ग्राहकवर्गहरुमा थप सुविधायुक्त ग्राहकमैत्री प्रविधिहरु भित्राउन गरिमा विकास बैंक सधै तत्पर रहने यस बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले जानकारी दिउ ।

हाल गरिमा विकास बैंकले १ सय ६ शाखा कार्यालयहरु र ५१ एटिएमबाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ सुविधा दिदै आईरहेको छ ।
काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्
MBL