GBIME

मेगा बैंक नेपाल, मेगा क्यापिटल मार्केट्स, ज्वालामुखी गाँउपालिका र धादिङ्ग उद्योग वाणिज्य संघबीच चौपक्षीय सम्झौता


बिजखबर संवाददाता
6 January, 2021 1:19 pm

mega bank

काठमाडौं । साना तथा मझौला उद्योगहरुलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा मेगा बैंक नेपाल, मेगा क्यापिटल मार्केट्स, ज्वालामुखी गाँउपालिका र धादिङ्ग उद्योग वाणिज्य संघ बीच चौपक्षीय सम्झौता भएको छ ।

NLIC
LAXMI


जसमा मेगा क्यापिटल मार्केट्सले धादिङ उद्योग वाणिज्य संघसँगको सहकार्य तथा सिफारिसमा उद्यमी व्यवसायीहरुको व्यवसाय तथा कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र दर्ताको लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने, आवश्यकताअनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायतका बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकताअनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्ने बताइएको छ ।

यसले स्थानीय स्तरमा साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुँच बढाई व्यवसाय वृद्घि तथा बिस्तारमा सहयोग पुग्नुको साथै उद्यमीहरुको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL