Logo

एनएमबीको एकिकृत कारोवार शुरु, चुक्ता पूँजी ४ अर्व पुग्यो

एनएमबीको एकिकृत कारोवार शुरु, चुक्ता पूँजी ४ अर्व पुग्यो


बिजखबर संवाददाता
0
Shares

एनएमबी बैंकले आइतवारदेखि एकीकृत कारोवार सुरु गरेको छ । बैंकले विभिन्न ४ संस्थालाई गाभेर एकीकृत कारोबार सुरु गरेको हो । उपप्रधान तथा भौतिक योजना तथा पुर्वाधारमन्त्री विजय कुमार गच्छदारले संयुक्त कारोबारको उद्घाटन गरे ।

नेपाल राष्ट्र बैंकबाट २०७२ असोज १२ गते पाएको मर्जर स्वीकृतिसँगै भृकुटी बिकास बैंक, पाथीभरा बिकास बैंक, क्लिन इनर्जी बिकास बैंक, प्रुडेन्सीयल फाईनान्स र एनएमबि बैंकसमेत पाँँच वित्तीय संस्थाहरुले ऐतिहासिक मर्जर सम्पन्न भएको हो ।मर्जरपश्चात् बैंकको कुल पुँजी तथा जगेडा कोष ६ अर्ब २ करोड भएको पुगेको छ ।

संस्था गाभिएपछि बैंकको चुक्ता पूँजी ४ अर्व १५ करोड पुगेको छ ।

त्यसैगरी, ५४ अर्ब रुपैयाँ निक्षेप र ४१ अर्ब रुपैयाँ पुगेको छ । यस्तै बैंकको ६९ शाखा, एटिएम ४२ र ७ एक्टेन्सन काउन्टर पुगेका छन् । मरर्जबाट चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन सहज हुने विश्वास गरिएको छ ।

बैंकले करिव ८ वर्ष अघि ग वर्गको फाइनान्स कम्पनीका रुपमा आफ्नो कारोवार शुरु गरेको थियो । नेपाल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी सन् २००८ मा क वर्गको बाणिज्य बैंक बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL