Logo

लक्ष्मी बैंकको अध्यक्षमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल नियुक्त

लक्ष्मी बैंकको अध्यक्षमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल नियुक्त



काठमाडौं । लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले नागरिक लगानी कोषका कार्यकारी निर्देशक नेपाललाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

laxmi

यससँगै उनले नियुक्त भएको दिन अर्थात भदौ १७ गतेदेखि नै लागू हुने गरी बैंकको अध्यक्ष पदको जिम्मेवार सम्हाल्ने छन् । नवनियुक्त अध्यक्ष नेपाल यसअघि सोही बैंकको सञ्चालक समितिका सदस्य रहेका थिए ।

उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा एमफिलसम्मको अध्ययन गरेका छन् । नेपाल राष्ट्र बैंकबाट ३० वर्षे सेवापछि निर्देशक पदबाट अवकाश पाएका नेपालसँग बैंक अन्तर्गतको नियमन, सुपरीवेक्षण, विनिमय विभागका साथै बैंकका क्षेत्रीय कार्यालयहरुमा समेत काम गरेको अनुभव छ । त्यस्तै, हाल उनी नागरिक लगानी कोषको कार्यकारी निर्देशक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL