Logo

बैंकका हरेक शाखाबाट विदेशी मुद्राको कारोबार गर्न पाईने, तारे होटल, डिमार्टमेन्टल स्टोर र क्यासिनोका लागि नयाँ व्यवस्था

बैंकका हरेक शाखाबाट विदेशी मुद्राको कारोबार गर्न पाईने, तारे होटल, डिमार्टमेन्टल स्टोर र क्यासिनोका लागि नयाँ व्यवस्था



काठमाडौं । वाणिज्य बैंकका सबै शाखाले विदेशी मुद्राको कारोबार गर्नै पाउने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ जारी गर्दै गर्दै बाणिज्य बैंकबा हरेक शाखाबाट अनिवार्य रुपमा विदेशी मुद्रा खरिद तथा विक्री गर्नुपर्ने व्यवस्था गरेको हो ।

laxmi

सोका लागि बैंकहरुले विदेशी मुद्राको कारोबार गर्न शाखा अनुसार लाइसेन्स लिने व्यवस्था समेत खारेज गरी एउटा अनुमतिपत्रबाटै काम गर्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रुपमा प्राप्त गरेको इजाजतपत्रको आधारमा आफ्ना शाखाहरूबाट विदेशी विनिमयको कारोबार गर्न सक्नेछन् सबै शाखाहरुले अनिवार्य रुपमा विदेशी मुद्रा खरीद गर्नुपर्ने छ ।

बैंकहरुले विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त गर्न बाणिज्य बैंकले एकमुष्ट रुपमा ५ लाख रुपैयाँ बुझाउनु पर्छ । यसैगरी राष्ट्रिय स्तरका विकास बैंकले १ लाख रुपैयाँ, प्रादेशिक स्तरका विकास बैंक र सबै स्तरका वित्त कम्पनीहरूले २० हजार रुपैयाँ राष्ट्र बैंकलाइ बुझाउनु पर्नेछ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूलाई विदेशी विनिमय खरीद÷बिक्री तथा तोकिए बमोजिमको विदेशी विनिमय सम्बन्धी अन्य कार्य गर्ने गरी ५ वर्षको लागि अनुमति पत्र दिनेछ ।

विदेशी विनिमयको कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले पनि विदेशी विनिमयमा कारोबार गर्न चाहे इजाजतपत्रको लागि निवेदन दिन सक्नेछन । यसरी निवेदन दिँदा कारोबार गर्ने स्थान÷क्षेत्र किटान गरी केन्द्रीय बैंकमा निवेदन दिनु पर्नेछ ।

यसैगरी डिपार्टमेण्टल स्टोर/सुपर मार्केट, एयरलाइन्स र तीन तारे तथा सोभन्दा माथिल्लो स्तरका होटलले विदेशी मुद्राको कारोवार गर्ने इजाजतपत्र प्राप्त गर्न प्रति कारोवार स्थानको लागि १ लाख रुपैयाँ र मुनाफा आर्जन गर्ने उद्देश्य भएका अन्य जुनसुकै होटल, रिसोर्ट, फर्म, कम्पनी वा संस्थाहरूले विदेशी मुद्राको कारोवार गर्ने इजाजतपत्र प्राप्त गर्न प्रति कारोवार स्थानको लागि ५० हजार रुपैयाँ बराबरको कम्तिमा चार वर्ष अवधिको बैंक जमानत पेश गर्नुपर्नेछ ।


तर, सरकारी निकाय, सरकारी विश्वविद्यालय एवम्शैक्षिक प्रतिष्ठान तथा मुनाफा आर्जन गर्ने उद्देश्य नभएका सामाजिक संघसंस्थाहरूले विदेशी विनिमय कारोवारको इजाजतपत्र प्राप्त गर्न यस्तो जमानत पेश गर्नुपर्ने छैन ।

यसैगरी विनियमावलीले क्यासिनोलाइ समेत समेटेको छ । जस अनुसार क्यासिनोले इजाजतपत्रको लागि प्रति कारोबार स्थानको लागि २५ लाख रुपैयाँ बराबरको २ वर्ष अवधिको बैंक जमानत र इजाजतपत्र शुल्क बापत एक लाख रुपैयाँ राष्ट्र बैंकमा बुझाउनु पर्नेे छ । तर, आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा प्रति कारोबार स्थानको लागि १० लाख रुपैयाँ बराबरको २ वर्ष अवधिको बैंक जमानत र इजाजतपत्र शुल्क बापत ५० हजार रुपैयाँ राष्ट्र बैंकमा बुझाउनु पर्नेछ ।

तर त्यसरी इजाजत लिएका बैंक वा संघसंस्थाले आचासंहिता पालना नगरेमा वा नियमन उल्लङ्घन गरेमा त्यस्ता संस्थालाई एक वा एकभन्दा बढी सजाय, जरिवाना वा दुबै गर्न सक्नेछ । जस अनुसार सचेत गराउने, लिखित चेतावनी दिने, विदेशी विनिमयको कुनै वा सबै कारोबारमा रोक लगाउने, बैंकमा रहेको नगद धरौटी जफत गर्ने वा जमानतबाट असुल गर्ने, नियमन उल्लङ्घनको प्रकृति हेरी १० लाख रुपैयाँसम्म नगद जरिवाना र इजाजतपत्र निलम्बन वा रद्द गर्न सक्नेछ ।

नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोवार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ हेर्नका लागि यहाँ क्लिक गर्नुहोला

प्रतिक्रिया दिनुहोस्
MBL