Logo

राष्ट्र बैंकले भन्यो, ‘नेपालमा ‘पाई’को ब्राण्डिङ र माईनिङ गैरकानूनी हो, संलग्नलाई कारबाही गछौं’

राष्ट्र बैंकले भन्यो, ‘नेपालमा ‘पाई’को ब्राण्डिङ र माईनिङ गैरकानूनी हो, संलग्नलाई कारबाही गछौं’



काठमाडौं । सरकारले क्रिप्टोकेरेन्सीको माईनिङ गर्ने ‘पाई’ नेटवर्कमा संलग्न भएकालाई कारबाहीको दायरामा ल्याउने भएको छ । सन् २००१ को मार्चदेखि संचालनमा आउन लागको भन्दै नेपालमा क्रिप्टोकरेन्सी पाईको माईनिङ हुन थालेपछि राष्ट्र बैंकले यसलाई कारबाहीको दायरामा ल्याउन लागेको हो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ र विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ बमोजिम नेपालमा इन्टरनेटको माध्यमबाट विटक्वाई तथा क्रिप्टोकरेन्सीको कारोबार गर्न पूर्ण बन्देज छ । तर पछिल्लो समय उक्त नियम विपरित इन्टरनेटको माध्यमबाट पाई नेटवर्कमार्फत क्रिप्टोकसेन्सीको माइनिङ तथा त्यसको ब्राण्डिङ गर्ने क्रम बढेपछि राष्ट्र बैंकले त्यसमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन लागेको हो ।

‘नेपाल राष्ट्र बैंकले २०७४ सालमा जारी गरेको निर्देशन अनुसार नेपालमा इन्टरनेटमार्फत हुने विटक्वाईन तथा क्रिप्टोकसेन्सीको कोरोबार तथा त्यसको माईनिङ गरी अर्थ आर्जन गर्न नपाईने नियम यथावत छ,’ नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका महानिर्देशक बमबहादूर मिश्रले भने, ‘तसर्थ नेपालमा इन्टरेनेटमार्फत हुने भर्चुअल केरेन्सीको कारोबार तथा त्यस्ता कुनै पनि खालका माइनिङ गर्न पाईदैन ।’ राष्ट्र बैंकले २०७४ सालमा जारी गरेको उक्त व्यवस्था अनुरुप नेपालमा कुनै पनि क्रिप्टोकसेन्सीको कारोबार गर्न तथा त्यस्तो गराउन प्रोत्साहन गर्न पूर्ण बन्देज लगाइएको हुँदा त्यसलाई आधार मानेर त्यस सम्बन्धी कुनै पनि क्रियाकलाप नगर्न समेत उनले आग्रह गरेका छन् ।
यदि कुनै व्यक्तिले उक्त निर्देशन विपरित क्रिप्टोकरेन्सीको कारोबार तथा त्यसरी माईनिङ गरेको वा त्यस्तो कार्य गर्न सकैलाई प्रेरित गरेको पुष्टि भएमा विदेशी विनियम ऐन अनुसार कडाभन्दा कडा कारबाही गरिने समेत उनले जानकारी दिए ।

अहिले सामाजिक संजालमा पाई नेटओर्कका सम्बन्धमा क्रिप्टोनसेन्सी माइनिङको जतिपनि प्रचारप्रसार तथा त्यसबाट माइनिङ गर्ने काम भैरहेको छ ती सबै कानून विपरित भएको मिश्रले जानकारी दिए । हाल सामाजिक संजालमा उक्त पाई नेटवर्ट स्टान्र्डफोर्ड विश्वविद्यालयका ३ जना पीएचडी होल्डरले शुरुवात गरेको र अहिले देखि नै आफुनो मोबाइलबाट माइनिङ सुरु गरेमा आगामी बर्षसम्ममा २० हजार डलरसम्म कमाउने सकिने भन्दै प्रचार गरिएको छ । हाल नेपालमा उक्त एपलाई गुगल प्ले स्टोर एप्पल एपमार्फत डाउनलोड गरी नेपालीहरुले माईनिङ गर्दै आएका छन् । साथै यसमा संलग्न कतिपयले यसको सामाजिक संजालमार्फत प्रचारप्रसार तथा व्यक्तिगत म्यासेज पठाएर समेत नेपाली नागरिकलाई गैर कानूनी क्रियाकलापमा प्रेरित गर्दै आएका छन् ।

यसरी प्रचार गरिएको छ नेपालमा पाईको ?

फेरी एकपटक पाई नेटवर्क (Pi Network) को कुरा

-Pi Network को Pi Cryptocurrency को बारेमा विषेश गरी न्यू जेनेरेसनका भाई-बहिनीहरुलाई सानो जानकारी :…इन्टरनेटको व्यापक पहुँचको कारण विश्व बजार अब एउटा Global Room को रुपमा परिवर्तन हुँदै गर्दा अब एक्काइशौँ शताव्दीको करेन्सीको रुपमा Cryptocurrency ले ठाउँँ ओगट्ने पक्का भैसकेको छ । यस्तो बेलामा हामी पनि समयको गती संगै अगाडी बढ्नु जरुरी छ । त्यसैले हामी पनि फ्रीमा पाएको बेला आ-आफ्नो मोबाईलमा Pi Network Cryptocurrency माइनिङ गर्दै गरौँ, विज्ञहरु आउँदो साल यो 1 Pi बराबर 3 देखी 10 डलर सम्म पुग्ने अनुमान गरिरहेका छन । अहिले नै सुरु गर्ने हो भने हामी सबै संग कम्तीमा 2000 Pi हुनेछ अर्थात आगामी बर्ष हाम्रो मोबाईलले $2000 देखि $20,000 सम्म कमाउने छ ।…

1. के हो Pi Network भनेको ?यो आगामी 2021 March देखी आउन लागेको डिजिटल पैसा अर्थात क्रिप्टोकरेन्सी सञ्चालनमा ल्याउने प्रोजेक्ट हो, जसको अहिले दोस्रो चरण चलिरहेको छ । यो हाम्रो हातमा रहेको मोबाईल बाटै कमाउन (Mining) सकिन्छ । यो स्टान्फोर्ड युनिभर्सिटीका 3 जना PhD होल्डर क्रिप्टोकरेन्सी प्रोफेसरहरुको योजनामा सुरु भएको प्रोजेक्ट हो । यसमा अहिले लगभग 40 लाख मनिसहरु जोडीएका छन ।…

2. लगानी कति लाग्छ ?Pi Network बिल्कुलै नि:शुल्क हो र यसको App एन्ड्रोइडको Play Store र Apple को App Store बाट Install गरेर चलाऊन सकिन्छ । यसमा आफुले जत्ती कमाइ गरिन्छ सबै आफ्नै हो ।…

3. कसरी सुरु गर्ने ?यो Install गरिसके पछि आफ्नो फोन नं. वा फेसबुकको माध्यमबाट रेजिस्टर गर्नुहोस् । रेजिस्टर गर्दा आफ्नो नागरिकताको नाम राख्नु भएमा भविश्यमा KYC भर्दा सजिलो हुनेछ । यो प्रोजेक्ट जेन्युइन भएकोले बैंकहरुले जस्तै KYC गराउने छ ।..

.4. के हो Invitation Code ?यो Network मा सबै जना एक अर्कामा जोडीनु पर्ने भएकोले कोही नयाँ व्यक्ती जोडीनको लागि निम्तोको आवश्यकता पर्छ त्यसैले मेरो Invitation Code : …… प्रायोग गर्न सक्नु हुन्छ ।…

5. मोबाईल बिगार्छ की ?यो App आफ्नो मोबाईलमा राखेर Mining सुरु गरिसके पछि फेरि 24-24 घण्टामा पुन: सुचारु गर्नु पर्छ, नत्र कमाई रोकिएर बस्छ । यो हाम्रो मोबाईलमा चल्ने भएता पनि यसले मोबाईललाई ह्याङ गर्ने वा बेटरी सिध्याउने जस्ता कुनै प्रकारको हानी गर्दैन र तपाईंको मोबाईलमा भएको data चलाऊने अनिमती पनि माग्दैन ।…

6. कहिले साट्न वा बेच्न पाईन्छ ?यो प्रोजेक्ट अहिले दोस्रो चरणमा मात्रै भएकोले अहिले यसमा कमिएको पैसा साट्न वा समान खरिद गर्न वा यसको खरिद-बिक्री गर्न सकिँदैन तर आगामी वर्ष 2021 मार्च 14 (Pi Day) देखि भने पूर्ण रूपले कारोबार गर्न र खरिद-बिक्री गर्न पनि सकिनेछ ।…

7. कती कमाईन्छ ?यदी अहिले देखि सुरु गरेर mining गर्न थाल्ने हो भने आगामी 2021 मार्च अगाडी कम्तिमा दैनिक 6Pi को दरले 1800Pi कमाउन सकिन्छ र जानकारहरुका अनुसार 1 Pi = US$3 देखि US$10 अर्थात अहिलेको दरमा रु. 360.00 देखि रु. 1200.00 नेपाली रुपैयाँ पर्ने अनुमान गरेका छन । त्यो त्यस बेलाको अवस्थाले बताउनेछ । तर अहिले भने Coingeko भन्ने exchange Website ले 1Pi = $0.35 अर्थात रु. 40.00 मा कारोबार गरिरहेको देखिएको छ ।…अब ज-जस्ले सुरु गर्नु भएको छैन तत्कालै सुरु गर्नु होस् र ज-जस्ले सुरु गर्नु भएको छ, नबिर्सी 24-24 घण्टामा सुचारु राख्नुहोस् । यस बाहेक कुनै थप् जिज्ञासा भए inbox मा म्यासेज गर्नु होला, म लक्डाउनको फुर्सद सदुपयोग गर्न तत्पर छु ।…याद राख्नु होला, Play Store वा App Store बाट Pi Network डाउनलोड गरेर Register गरिसके पछि Invitation Code : …….. ले तपाईं हामीलाई एक अर्कामा जोड्नेछ । Happy Mining.

प्रतिक्रिया दिनुहोस्
MBL