Logo

सनराइज बैंक र इक्यानको सहकार्य, लेखा तथा कर नीतिसम्बन्धी तालिम सम्पन्न

सनराइज बैंक र इक्यानको सहकार्य, लेखा तथा कर नीतिसम्बन्धी तालिम सम्पन्न



काठमाडौं । सनराइज बैंक तथा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को संयुक्त आयोजनामा आधारभुत लेखा तथा कर नीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बैंक तथा संघको संयुक्त सो कार्यक्रम परामर्श केन्द्रका सम्पूर्ण सदस्यहरुलाई लक्षित गरी संचालन गरिएको थियो । विश्वव्यापी महामारी कोभिड १९ का कारण अनलाईन वेभनारमार्फत सो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा लेखा ज्ञान तथा नेपाल सरकारले आर्थिक बर्ष २०७७÷७८ को लागि बजेटमार्फत परिवर्तन गरिएका विभिन्न करका दरहरु, कर विवरण र कर दाखिला समयसिमाका बारेमा चार्टड एकाउन्टेण्ट तथा कर विज्ञ अरुण राउतले अनलाईन वेभनारमार्फत जानकारी दिएका छन ।

शैक्षिक परामर्श व्यवसाय जस्तो सेवा प्रदान गर्ने व्यावसायले भोगेका लेखा तथा कर सम्बन्धी विभिन्न समस्याहरुको निदानको बारेमा राउतले जानकारी गराएको बैंकले जानकारी दिएको छ । कार्यक्रमलाई परामर्श केन्द्रका वर्तमान अध्यक्ष प्रकाश पाण्डेलगायतले उठाएका लेखा तथा कर सम्बन्धी जिज्ञासाहरुको व्यवहारिक समाधानको विषयमा जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL