Logo

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, प्रदेश ५ सरकारलाई आर्थिक सहयोग

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, प्रदेश ५ सरकारलाई आर्थिक सहयोग



काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना भाईरस विरुद्धको अभियानमा प्रदेश नं. ५ सरकारलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

laxmi

बैंकले बुधबार एक कार्यक्रमकाबीच बैंकको प्रदेश ५ का नायव प्रदेश प्रमुख दिलिप डाँगीले प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले कोरोना भाईरस विरुद्धको अभियानमा बैंकले गरेको सहयोग महत्वपूर्ण रहने बताए ।

कोरोनाले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको अवस्थामा उक्त सहयोगले कोरोना विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने बैंकको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL