Logo

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ग्लोबल आइएमई बैंकको १ करोड सहयोग

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ग्लोबल आइएमई बैंकको १ करोड सहयोग



काठमाडौं । ग्लोबल आइएमई बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एक करोड रुपैया सहयोग प्रदान गरेको छ ।

रंगशाला निर्माणका लागि सहयोग जुटाउन चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा सोमबार बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले उक्त सहयोगको घोषणा गरेका हुन ।
देशकै गौरबको योजनाको रुपमा रहेको क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न बैंकले सहयोग गरेको हो ।

यस्तै सोमबार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सप्तकोशी बहुमुखी क्याम्पसको भवन निर्माणको लागी पनि ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड ईटहरी शाखा प्रबन्धक मुकेश कुमार शाहले सोमबार आयोजित एक कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल र सप्तकोशी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र निरौलालाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुुन ।

बराहक्षेत्र नगरपालिकाका मेयर खनालले बैंकले क्याम्पस भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेकोमा ग्लोबल आइएमई बैंक लिमिटेडलाई धन्यवाद व्यक्त गरे ।

उनले बल आइएमई बैंक, क्याम्पसलाई भवन निर्माणका लागी आर्थिक सहयोग प्रदान गर्ने निजी क्षेत्रको प्रथम संस्था भएको समेत जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
MBL