Logo

सेञ्चुरी कमर्सियल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्बन्धी सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्बन्धी सम्झौता



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच एक सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसाको भुक्तानी लिन सकिने गरी उक्त सम्झौता भएको हो ।

laxmi

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख व्यवसाय विकास अधिकृत सुभाष बहादुर श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रबन्धक मुनाल जंग कार्कीले हस्ताक्षर गरेका हुन ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १ सय शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ गरी जम्मा १ सय ३५ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL