Logo

मेगाको ब्राण्ड एम्वेस्डरमा सुरजसिंह,बैंकको ब्राण्ड इमेज बढ्ने अपेक्षा

मेगाको ब्राण्ड एम्वेस्डरमा सुरजसिंह,बैंकको ब्राण्ड इमेज बढ्ने अपेक्षा


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

७ असार,काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले सुरजसिंह ठकुरीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।

ठकुरी  कार्यक्रम प्रस्तोता, कलाकार तथा निर्देशक हुन् । ठकुरी कान्तिपुर टेलिभिजनसँग आबद्ध छन् ।

विभिन्न म्युजिक भिडियोमा अभिनय तथा निर्देशक गरेका ठकुरीले ’नाई नभन्नु ल– २ र ३’ मा अभिनय गरेका थिए। बैंकको ब्राण्ड इमेजलाई ग्राहकसमक्ष स्थापित गर्ने उद्देश्यले ठकुरीलाई ब्राण्ड एम्वेसडर नियुक्त गरिएको  सिइओ अनिलकेशरी शाहले बताए ।

साथै मिडिया र आमजनतामा चिरपरिचित रहेका कारण ठकुरीको उपस्थितिले मेगा बैंकको ब्राण्ड स्थापित गर्न मद्दत पुग्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
MBL