Logo

एनआईसी एशिया बैंकको एकैसाथ चार शाखा विस्तार, शाखा संख्या ३०१ पुग्यो

एनआईसी एशिया बैंकको एकैसाथ चार शाखा विस्तार, शाखा संख्या ३०१ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले एकसाथ चार नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले नयाँ शाखा विस्तारसँगै शाखारहित बैंकिङसेवा समेत संचालनमा ल्याएको छ ।

laxmi

रुकुम पूर्व सिस्ने गाउँपालिका रुकुमकोट शाखाकोे सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बराल, चितवनको भरतपुर महानगरपालिका १८ स्थित चनौली शाखाको बैंकका उपप्रादेशिक कार्यालयका प्रमुख विश्व पौड्यालले उद्घाटन गरेका छन ।

त्यस्तै चितवनकै राप्ती नगरपालिका ५ भण्डारा शाखाको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईंले उद्घाटन गरेका छन भने काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ९ काँडाघारी शाखाको बैंकका उपप्रादेशिक कार्यालयका प्रमुख वन्दना पोखरेलले उद्घाटन गरेकी छिन ।

त्यस्तै बैंकले झापाको कचनकवल गाउँपालिका ३ को पथरिया नयाँबजारमा बैंकको ४२ औंं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त बैंकिङ सेवाको कचनकवल शाखाका शाखा प्रबन्धक प्रविण खड्काले उद्घाटन गरेका छन ।

उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा हरि प्रसाद दंगाललाई नियुक्त गरेको बैंकले जनाएको छ । बैंकले ३०१ शाखा, ३६३ एटिएम, ७० एक्स्टेन्सन काउण्टर एवं ४२ शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL