काठमाडौं । सनराइज बैंकले चैत २० गते देखी १ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले सर्वसाधरणका लागि ४० करोड रुपैयाँ र निजीक्षेत्रको लागि ६० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने भएको हो ।
बैंकले १ हजार दरको १० लाख कित्ता ऋणपत्र जारी गर्नेछ । उक्त ऋणपत्र ५ वर्षको हुने छ भने वार्षिक १० प्रतिशत व्याजदरले ब्याज दिइने छ । ब्याज रकम अर्धबार्षिक रुपमा भुक्तानी गर्ने बैंकले जानकारी दिएको छ ।
प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको बैंकको ऋणपत्र छिटोमा २५ गते र ढिलोमा बैशाख १९ गते सम्म खुला रहने छ । बैंकले जारी गर्ने सो ऋणपत्रमा सर्वसाधरणले न्युनतम २५ कित्ता र अधिकतम ४ लाख कित्ताको लागी आबेदन गर्न पाउने भएको छ ।
८ अर्ब भन्दा बढी चुक्ता पुँजी रहेको बैंकले १ सय ३ शाखा, २८ शाखारहित बैंकिङ सेवा, ३ एक्सटेन्सन काउण्टर, १ सय १८ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।