Logo

प्रभु बैंकमा नयाँ कार्यसमिति चयन, २० प्रतिशत हकप्रद सेयर जारी गर्ने

प्रभु बैंकमा नयाँ कार्यसमिति चयन, २० प्रतिशत हकप्रद सेयर जारी गर्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

१४ चैत, काठमाडौं । प्रभु बैंकले चुक्ता पूँजी बृद्धिका लागि हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकको शुक्रबार सम्पन्न १२ औं तथा १३ औं साधारणसभाले १ सय कित्ता बरावर २० कित्ता सेयर जारीगर्ने प्रस्ताव स्वीकृति गरेको हो ।

हकप्रद सेयर जारीसँगै बैंकको चुक्तापूँजी पौने ४ अर्वभन्दा बढी हुनेछ । बैंकको साधारणसभाले संस्थापक समुहबाट देवीप्रकाश भट्टचन, विकास शर्मा, दक्ष पौडेल र अम्बिका शर्मालाई संचालक चयन गरेको छ ।

यस्तै, कुसुम लामा र पुष्पबहादुर प्रधान पनि संचालकमा चयन भएका छन् ।

बैंकले अन्य बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा एक्विजिसन, खरीद प्रक्रिया अधि बढाउनका लागि त्यसका सम्पत्ती तथा दायित्व र कारोवारको मुल्याङ्कन गर्न मुल्याङ्कनकर्ता नियुक्त गर्ने पत्रमा हस्ताक्षर गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL