Logo

एसबिआईको नाफा हालसम्मकै उच्च, १ बर्षमै ५५ हजार नयाँ बचत खाता

एसबिआईको नाफा हालसम्मकै उच्च, १ बर्षमै ५५ हजार नयाँ बचत खाता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१२ माघ, काठमाडौं । नेपाल  एसबिआई बैंक लिमिटेडले आर्थिक बर्ष २०७०÷७१ मा ९२ करोड २९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । सो अवधिमा बैंकले १९ दशमलव ६२ प्रतिशतको बृद्धि हासिल गरी सो मुनाफा आर्जन गरेको हो । यो हालसम्मकै उच्च मुनाफा भएको बैंकले जानकारी दिएको छ ।

laxmi

सो आवमा बैंकको खुद व्याज आम्दानी ७ प्रतिशतले बृद्धि भइ १ अर्व ७४ करोड ५० लाख रुपैयाँ  र  सञ्चालन मुनाफा मा १५ दशमलव ६१ प्रतिशतले बृद्धि भई १ अर्व ३५ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

गत आवमा बैंकले ५४ अर्व ४९ करोड २९ लाख निक्षेप संकलन गरी  ३५ अर्व ७१ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो  ।

बैंकको खर्चको अनुपातमा समेत सुधार हुने क्रम जारी रहेको प्रमुख सञ्चालन अधिकृत भीके त्यागीले जानकारी दिए । सो अवधिमा बैंकको बचत खाताको संख्यामा समेत १२ दशमलव ३६ प्रतिशतले बृद्धि भएको छ । गत आवमा बैंकले ५५ हजार ८ सय ११ ओटा नयाँ खाता खोलेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL