Logo

एनआईसी एशिया बैंक र एएसजी आई केयरबीच सहकार्य, उपचारमा १५ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयरबीच सहकार्य, उपचारमा १५ प्रतिशतसम्म छुट



काठमाडौं । एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रालिबीच आँखा उपचार सेवामा विशेष छुट दिने सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकले एएसजी आई केयरमार्फत आँखा उपचार सेवामा डिजिटल माध्यमबाट भुक्तानी गर्दा विभिन्न सेवामा अधिकतम १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

उक्त छुट अन्तर्गत ग्राहकले कन्सल्टेसन, अपरेशन र ल्याब परीक्षण सेवामा छुट पाउनेछन्। कन्सल्टेसन सेवामा १५ प्रतिशत छुट (अधिकतम १० हजार रुपैयाँसम्म), ल्याब परीक्षण र ल्याजर उपचार सेवामा १० प्रतिशत छुट, साथै पहिलो पटक सेवा लिने ग्राहकले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुट पाउने व्यवस्था गरिएको छ।

ग्राहकले यो सुविधा लिन एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्नेछ।

बैंकले देशभरका स्वास्थ्य संस्थामा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्दै आएको र यस सहकार्यले ग्राहकको स्वास्थ्य सेवामा पहुँच सजिलो हुनुका साथै डिजिटल कारोबार प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्