काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको सिनामंगलस्थित स्लाभिका आइभीएफ एण्ड रिसर्च सेन्टर प्रालिबीच सम्झौता भएको छ । उपचार सेवामा विशेष छुट दिने गरी दुई निकायबीछ सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार नेपाल बैंक लिमिटेडका कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूले स्लाभिका आइभीएफ एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा १० देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन्। साथै, गाइनोकोलोजी परामर्श तथा आइभीएफ विशेषज्ञसँगको परामर्श सेवामा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ।
सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र स्लाभिका आइभीएफ एण्ड रिसर्च सेन्टरको तर्फबाट अध्यक्ष डा. अजय जंग कुँवरले हस्ताक्षर गरेका हुन् । सम्झौता २०८२ साल असार ८ गते आइतबार सम्पन्न भएको हो।