Logo

प्रभु बैंक र वेगनास लेक फ्रन्ट रेष्टुरेण्टबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकले विशेष छुट पाउने

प्रभु बैंक र वेगनास लेक फ्रन्ट रेष्टुरेण्टबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकले विशेष छुट पाउने



काठमाडौं । पोखरा महानगरपालिका–३१ स्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूको परिवार र बैंकका ग्राहकहरूले वेगनास लेक फ्रन्ट रेष्टुरेण्टमा उपलब्ध खाना तथा आवास सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। यो छुट वेगनासतालको मनोरम दृश्य अवलोकनसँगै खाना तथा बसाइको अनुभवलाई अझै सुखद बनाउने उद्देश्यले ल्याइएको हो।

सम्झौतापत्रमा वेगनास लेक फ्रन्ट रेष्टुरेण्टका प्रोप्राइटर विश्व राज पौडेल र प्रभु बैंक लिमिटेड, तालचोक शाखाका प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका छन्। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ देशभर सेवा दिइरहेको प्रभु बैंकले हाल ३११ शाखा, २८४ एटीएम र ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

हालै मात्र प्रभु बैंकले “बैंक अफ द इयर २०२३” उपाधि प्राप्त गरेको छ भने, फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्ड बाट समेत सम्मानित भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्