काठमाडौं । एनआईसी एशिया बैंक कर्मचारी संघले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बैंकमा लामो समयदेखि समर्पित भावनाका साथ सेवा पुर्याएका कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरेको छ।
संघले विभिन्न प्रदेशहरूमा सप्ताह व्यापी कार्यक्रम सञ्चालन गर्दै संस्थामा १० वर्ष वा सोभन्दा बढी समय सेवा गरेका कर्मचारीहरूको योगदानप्रति कृतज्ञता प्रकट गरेको हो। संघले उनीहरूको निरन्तर सेवा, निष्ठा र प्रतिबद्धतालाई संस्थाको प्रगति र सफलता हासिल गर्न महत्त्वपूर्ण आधारको रूपमा लिएको जनाएको छ।
प्रदेशगत रूपमा आयोजना गरिएका सम्मान कार्यक्रमहरू कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सम्पन्न भइसकेका छन्। संघले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा पनि यस्तै कार्यक्रमहरू छिट्टै आयोजना गरिने जनाएको छ।
संघले आगामी दिनहरूमा पनि यस्ता प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिँदै, कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्ने र संस्थासँगको सम्बन्ध अझ बलियो बनाउने प्रतिबद्धता जनाएको छ।