काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर भएको छ । केन्द्रिय बैंकको गभर्नरमा कार्यभार सम्हालेका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । यसअघि कार्यबाहक गभर्नर रहेकी निलम ढुंगाना पुनः डेपुटी गभर्नरमै फर्किएपछि गभर्नर डा. पौडेलले अन्य डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । गभर्नर पौडेलले भने आफ्नो जिम्मामा गभर्नरको कार्यालय मात्रै राखेका छन् ।
नयाँ जिम्मेवारी अनुसार अब डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक सुपरीवेक्षण विभाग, बैंकिङ विभाग, मानव संशाधन व्यवस्थापन विभाग र वित्त विभागको जिम्मेवारी पाएका छन् ।
यस्तै डेपुटी गभर्नर निलम ढुंगानाको जिम्मेवारीमा बैंक तथा वित्तीय संस्था नियमन विभाग, गैर बैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभाग, सूचना प्रविधि विभाग, प्रदेश कार्यालय, लघुवित्त सुपरिवेक्षण विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग र सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग परेका छन् ।