Logo

हिमालयन बैंकका २५ ऋणीले ऋण नतिर्दा नाम सार्वजनिक, कालोसूचीमा पर्ने चेतावनी

हिमालयन बैंकका २५ ऋणीले ऋण नतिर्दा नाम सार्वजनिक, कालोसूचीमा पर्ने चेतावनी



काठमाडौं । हिमालयन बैंकले क्रेडिट कार्ड प्रयोग गरी ऋण लिएका तर तोकिएको समयमा चुक्ता नगरेका २५ जना ऋणीको नाम सार्वजनिक गरेको छ। बैंकले पटक–पटक ताकेता गरे पनि उनीहरू सम्पर्कमा नआएपछि तीन पुस्ते विवरणसहित नाम सार्वजनिक गरिएको हो।

बैंकका अनुसार क्रेडिट कार्ड प्रयोग गरेका ग्राहकले समयमा साँवा र ब्याज बुझाउनुपर्ने कानुनी दायित्व हुन्छ। तर, लगातार वेवास्ता गर्ने ऋणीहरूलाई चेतावनीस्वरूप नाम सार्वजनिक गरिएको बैंकको भनाइ छ।

बैंकले ती ऋणीहरूलाई ३५ दिनभित्र बक्यौता रकम चुक्ता गर्न अल्टिमेटम दिएको छ। यदि तोकिएको अवधिमा पनि ऋण नबुझाएमा उनीहरूलाई कालोसूचीमा राखी कानुनी कारबाही अघि बढाइने तथा अदालतमार्फत असुली प्रक्रिया थालिने बैंकले स्पष्ट पारेको छ।

ऋण प्रवाहपछि समयमै किस्ता तिर्नु पर्ने नियम भए पनि लापरवाही देखिएको भन्दै बैंकले यसलाई वित्तीय अनुशासन कायम गर्ने प्रयासको रूपमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This