Logo

नेपाल इन्भेष्टमेन्ट मेगाको साधारणसभा सम्पन्न, संचालक चयन प्रक्रिया स्थगित

नेपाल इन्भेष्टमेन्ट मेगाको साधारणसभा सम्पन्न, संचालक चयन प्रक्रिया स्थगित



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को ३७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । गत आर्थिक बर्ष २०७९/८० मा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

laxmi

आर्थिक वर्ष २०७८/०७९ मा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको को गरी कूुल निक्षेप ३ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा १६ अर्ब ९७ करोड रुपैयाँले वृद्घि भई आर्थिक वर्ष २०७९/८० को अन्त्यमा बैंकको निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी आर्थिक वर्ष २०७९/८० को अन्त्यमा बैंकको कूल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ कायम रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको गरी कूल कर्जा तथा सापटी रकम ३ खर्ब १४ अर्ब रुपैयाँ रहेको थियो ।

सर्वाेच्च अदालतले बैंकको संचालक समितिको निर्वाचन हाललाई स्थगन गर्न निर्देशन दिएको थियो । जसका कारण निर्वाचन कार्य स्थगित भएको बैंकले जानकारी दिएको छ । यस्तै बैंकको साधारण सभाले सभामा प्रस्तुत भएका अन्य सम्पूर्ण एजेण्डाहरु अनुमोदन गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL