Logo

सिटिजन्स बैंक र भारतको मेदान्त अस्पतालबीच सम्झौता, ग्राहकलाई अस्पतालको सेवामा १५ प्रतिशत छुट

सिटिजन्स बैंक र भारतको मेदान्त अस्पतालबीच सम्झौता, ग्राहकलाई अस्पतालको सेवामा १५ प्रतिशत छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र भारतको मेदान्त अस्पतालबीच सम्झौता भएको छ । बैंकल आफ्नो ग्राहक र कर्मचारीलाई सहजीकरण हुनेगरी भारत, गँुडगाँव स्थित मेदान्त– द मेडिसिटि अस्पतालसँग सम्झौता गरेको हो र सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । गँुडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका हुन् ।

laxmi

यस किसिमको सहकार्यबाट हालसम्म यस बैंकका उल्लेखनीय ग्राहकवर्गहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेको छन् । आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त भई लाभान्वित हुने विश्वास बैंकले लिएको बैंकले जानकारी दिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत ४ वर्ष देखि निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL