Logo

सानिमा बैंकद्वारा बचत खाताअन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा बचत खाताअन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण



काठमाडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला टेक बहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले निजलाई बीमा रकम हस्तान्तरण गरिएको हो ।

laxmi

सानिमा बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख सुशिल राज श्रेष्ठ र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट दाबी प्रमुख नवराज पराजुलीले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका छन् ।

दुर्घटनामा परेका टेक बहादुर मगरले सानिमा बैंकको एकान्तकुना शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए ।

सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्मको १३ घातक रोगहरुको उपचार बीमा, १० हजारसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधी उपचार बीमा, ५० हजारको आवधिक जीवन बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL