Logo

डेभलपमेण्ट बैंकर्स एसोसिएसन र अर्थमन्त्रीबीच भेट, निर्धक्क भएर काम गर्न आश्वासन

डेभलपमेण्ट बैंकर्स एसोसिएसन र अर्थमन्त्रीबीच भेट, निर्धक्क भएर काम गर्न आश्वासन



काठमाडौं । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन डेभपलमेण्ट बैंकर्स एसोसिएसन नेपालले नव नियुक्त अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेको छ । शुक्रबार एसोसिएसनले अर्थमन्त्री पुनलाई भेट्दै वधाई ज्ञापन तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेकाे हो ।

laxmi

डेभलपमेण्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको नेतृत्वमा एसोसिएसनका पदाधिकारीहरुले अर्थमन्त्री पुनलाई भेट गरेका थिए । उक्त भेटघाटका क्रममा एसोसिएसनका अध्यक्ष श्रेष्ठले देशको समग्र अर्थतन्त्रमा विकास बैंकहरुले पुर्याएको योगदानको वारेमा जानकारी गराएका थिए ।

भेटघाटका क्रममा नवनियुक्त अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको सर्वाङ्गिण विकासको लागि विकास बैंकहरुले पुर्याएको योगदानको प्रशंसा गर्दै खराब मनसाय नराखी काम गर्दा सरकारले पूर्णरुपमा सहयोग गर्ने भएकोले निर्धक्कसँग काम गर्नको लागि सुझाव दिएका छन् ।

उक्त भेटघाटका क्रममा बैंकिङ व्यवसायका समस्या र चुनौतीहरुका वारेमा समेत छलफल भएको एसोसिएसनका उपाध्यक्ष तथा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह वोहराले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL