Logo

चालु खाता र सोधनान्तर स्थिति दुबै बचतमा, प्रत्यक्ष वैदेशिक लगानी ३ अर्बले धनात्मक

चालु खाता र सोधनान्तर स्थिति दुबै बचतमा, प्रत्यक्ष वैदेशिक लगानी ३ अर्बले धनात्मक



काठमाडौं । चालु आर्थिक वर्षको ४ महिना अर्थात कात्तिक मसान्तसम्ममा चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो ४ महिनामा शोधनान्तर स्थिति १ अर्ब ४७ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ ।

laxmi

गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको ४ महिनामा १ अर्ब ११ करोड डलरले बचतमा हो ।

यता, कात्तिक चालु खाता ९६ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता ३७ अर्ब ७९ करोड रुपैयाँले बचतमा रहेको थियो ।

यता यस अवधिसम्म आउँदा पुँजीगत ट्रान्सफर ५५.६ प्रतिशतले कमी आई १ अर्ब १५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ३७ करोडले धनात्मक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL