Logo

एक महिनामै ५३ अर्बले बढ्यो वैदेशिक मुद्रा सञ्चिति, सरकारसँग साढे १३ महिनाको आयात धान्ने क्षमता

एक महिनामै ५३ अर्बले बढ्यो वैदेशिक मुद्रा सञ्चिति, सरकारसँग साढे १३ महिनाको आयात धान्ने क्षमता



काठमाडौं । एक महिनामा नेपालको विदेशी मुद्रा सञ्चिति ४३ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ४ महिनासम्म सरकारसँग १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

laxmi

चालु आर्थिक वर्षको तीन महिना असोज मसान्तसम्म सरकारसँग १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ सञ्चिति रहेको थियो ।

यसैगरी, चार महिनाको आयातलाई आधार मान्दा बैकिंङ क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चिति १३.६ महिनाको वस्तु आयात धान्न सक्ने क्षमता रहेको छ । यसैगरी, वदेशी विनिमय सञ्चितिले ११।३ महिनाको वस्तु तथा सेवा आयात धान्ने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL