Logo

आशा लघुवित्तका २ सय कर्मचारीले दिए राजीनामा, व्यवस्थापनद्वारा अन्याय गरेको आरोप

आशा लघुवित्तका २ सय कर्मचारीले दिए राजीनामा, व्यवस्थापनद्वारा अन्याय गरेको आरोप



काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्थाका करिब २ सय कर्मचारीले राजीनामा दिएका छन्। मर्जरपश्चात् बनेको आशा लघुवित्तको व्यवस्थापन समूहले साबिकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारीमाथि अन्याय गरेको भन्दै उनीहरूले राजीनामा दिएका हुन।

laxmi

साबिक राष्ट्र उत्थानका २ सय कर्मचारी हेटौडामा भौतिक उपस्थिति भई संयुक्त राजीनामा दिएका हुन। उनीहरुले ११ बुँदे माग राख्दै राजीनामा दिएका छन् ।

आशाले र राष्ट्र उत्थानलाई प्राप्ति गरे पश्चात् आशा लघुवित्त वित्तीय संस्था लि. को नाममा मितिस् गत असार ३१ गतेदेखि एकिकृत कारोबार सुरु गरेको थियो। एकीकृत कारोबार सुरु भएको ४ महिनासम्म व्यवस्थापन परिसक्नुको सट्टा उल्टै कर्मचारीमाथि अन्याय गरेपछि आन्दोलनको तयारी सहित राजीनामा घोषणा गरेको उनीहरूको भनाई छ।

साथै शुक्रबार हेटौँडामा उपस्थित लघुवित्तका कर्मचारीहरूले संस्थाका निमित्त प्रमुख कार्यकारी निर्देशक बद्रि प्रसाद दुलालको नेतृत्वमा कर्जा असुली तथा अनुगमन विभागका विभागीय प्रमुख रविन खतिवडा र शाखा सञ्चालन तथा तालिम विभागका विभागीय प्रमुख पुष्कर मिश्रले राष्ट्र उत्थानको शाखा निरीक्षण गर्ने बाहानामा मादक पदार्थको सेवन गरी सम्पूर्ण कर्मचारीहरुमाथी अनावश्यक रूपमा नीति नियम विपरीत अभद्र व्यवहार गरेको आरोप लगाएका छन्।

‘काममा अनावश्यक दबाब दिएको, विभिन्न शाखामा गई राष्ट्र उत्थानको शाखा तथा कर्मचारी नभएपनी लघुवित्त लाई फरक नपर्ने भनी धम्की पूर्ण भाषाको प्रयोग गरेको प्रति हाम्रो घोर आपत्ति छ।’ कर्मचारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘सेवा सुविधा समायोजन गरी हाम्रा मागहरू पुरा गरेमा कामलाई निरन्तरता दिन सकिने छ।’

प्रतिक्रिया दिनुहोस्
MBL