Logo

Global_Ime

अधिकांश वाणिज्य बैंकको प्रतिसेयर आम्दानी घट्यो, सेयर मूल्यमा कस्तो असर पर्ला ?

अधिकांश वाणिज्य बैंकको प्रतिसेयर आम्दानी घट्यो, सेयर मूल्यमा कस्तो असर पर्ला ?



काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्म अधिकांश वाणिज्य बैंकको प्रतिसेयर आम्दानी (इपिएस) घटेको छ । असोज मसान्तसम्म आउँदा सञ्चालनमा रहेको २० वाणिज्य बैंकमध्ये १५ वाणिज्य बैंकको इपिएस घटेको हो । बाँकी पाँच बैंकको इपिएस भने सामान्य बढेको छ ।

Laxmi_sunrise
Kumari

योे अवधिमा प्राइम कर्मसियल बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँले बढेको छ भने स्टान्डर्ड चार्टर्ड बैंकको इपिएस पनि सामान्य बढेको छ । यस बैंकको प्रतिसेयर आम्दानी ६९ पैसाले मात्र बढेको छ । एनएमबी बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ २९ पैसाले बढेको छ । यसैगरी, हिमालयन बैंकको प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ ०९ पैसाले बढेको छ । माछापुच्छ«े बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १३ पैसाले बढेको छ ।

सेयर बजारमा लगानी गर्ने लगानीकर्ताको लागि महत्वपूर्ण सूचकमध्ये एक सूचक हो प्रतिसेयर आम्दानी । लगानीकर्ताले सेयर बजारमा लगानी गर्दा कम्पनीको वित्तीय अवस्थाबारे अध्ययन गरेर लगानी गर्ने गदर्छन । प्रतिसेयर आम्दानी करपछिको नाफालाई कुल साधारण सेयरको कुल संख्याले भाग गरेर निकालिन्छ । कम्पनीले जारी गरेको अग्राधिकार सेयर र करपछिको नाफाबाट अग्राधिकार सेयरको लाभांश घटाएर बाँकी रहने नाफालाई साधारण सेयरको कुल संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकालिन्छ । यसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउँछ । यसकारण यो सूचकलाई लगानीकर्ताले कम्पनीको आधारभूत पक्ष विश्लेषणको प्रमुख सूचकको रुपमा लिएका हुन्छन ।

प्रतिसेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पूँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्दछ । त्यसैले प्रतिसेयर आम्दानी भनेको सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफलको आधार पनि हो । यसरी कुनै पनि कम्पनीको प्रतिसेयर आम्दानी घट्दा कम्पनीको मूल्य पनि घट्ने सम्बन्धित जानकारहरु बताउँछन ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा वाणिज्य बैंकहरुको खुद नाफामा पनि गिरावट आएको छ । यसको कारण बैंकहरुको प्रतिसेयर आम्दानी घटेको एक लगानीकर्ता बताउँछन । यसैगरी, पछिल्लो समय वाणिज्य बैंकहरु मर्जरमा गएर चुक्ता पुँजीको आधारमा ठूलो बन्न सफल भएका छन । तर, बैंकको आम्दानी तथा खुद नाफा त्यो आधारमा बढ्न सकेको छैन । यसकारण पनि बैंकहरुको प्रतिसेयर आम्दानी बढ्न नसकेको लगानीकर्ताको बुझाई छ ।

लगानीकर्ताको लगानी निर्णयको मुख्य आधार कम्पनीको मुनाफा र लाभांस हो । अझ दोस्रो बजारमा लगानी निर्णयलाई मुनाफा र प्रतिसेयर आम्दानीले निकै प्रभाव पार्ने जानकार बताउँछन । ‘यसको मुख्यकारण मुनाफाको सोझो सम्बन्ध लाभांस क्षमतासँग जोडिन्छ, जुन लगानीकर्ताको लगानीमा प्राप्त हुन्छ ।’ उनी भन्छन, ‘कम्पनीको संचालक समितिले चाहेको अवस्थामा सामान्यतः खुद मुनाफा वा प्रतिसेयर आम्दानीको ८० प्रतिशतसम्म हिस्सा लाभांसको लागि छुट्याउन सक्छ ।’

प्रतिसेयर नेटवर्थ चुक्तापूँजीको दोब्बर भएको अवस्थामा मुनाफाको सम्पूर्ण रकम नै लाभांसको रुपमा बाँड्न पनि सकिने उनको बुझाई छ । प्रतिसेयर आम्दानीले लाभांससँगै मूल्य आम्दानी अनुपात (प्राइस अर्निङ रेसियो), लाभांस भुक्तानी अनुपात (डिभिडेन्ट पेआउट रेसियो) र सेयर पुँजी वा नेटवर्थमा प्रतिफल (रिर्टन अन इक्युटी) लाई असर गर्दछ । त्यसैले फरक सूत्रगत आधारमा फरकप्रति सेयर आम्दानी आउने वित्तिकै अन्य वित्तीय सूचकहरु समेत प्रभावित हुँदा कुन सेयर किन्ने, बेच्ने वा होल्ड गर्ने जस्ता लगानी निर्णयसमेत प्रभावित हुने उनी बताउँछन । बैंकहरुको प्रतिसेयर आम्दानी घट्दा बैंकहरुले दिने लाभांश क्षमतामा पनि वर्षेनि कमी आइरहेको जानकारहरुको बुझाइ छ ।

कुन बैंकको इसिएस कति घट्यो (सूची सहित)

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC