Logo

सिटिजन्स बैंक र सूर्या हेल्थ केयरबीच सम्झौता, १५ प्रतिशतसम्म छुट पाइने

सिटिजन्स बैंक र सूर्या हेल्थ केयरबीच सम्झौता, १५ प्रतिशतसम्म छुट पाइने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वर काठमाडौंस्थित सूर्या हेल्थ केयरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सूर्या हेल्थ केयरमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

laxmi

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंकले आफ्ना १८८ वटा शाखा, १४८ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४८ हजार भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL