Logo

अब विदेश भ्रमणमा जाँदा २५ सय डलरसम्मको सटही सुविधा पाईने

अब विदेश भ्रमणमा जाँदा २५ सय डलरसम्मको सटही सुविधा पाईने



काठमाडौं । अब विदेश भ्रमणमा जाने नेपालीहरुले आफुसँग २ हजार ५ सय डलरसम्म बोकेर लैजान पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आईतबार चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तै व्यव्स्था गरेको हो ।

laxmi

यसअघि भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १ हजार ५ सय सम्म सटही सुविधा उपलव्ध गराइने व्यव्स्था थियो ।

चालु आवको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यसलाई परिमार्जन गर्दै अमेरिकी डलर २ हजार ५ सय म्म उपलब्ध गराइने व्यवस्था गर्ने घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL