Logo

Global_Ime

कुमारी बैंकको सामाजिक उत्तरदायित्व, बाल स्वास्थ्य प्रतिष्ठानलाई २५ लाख सहयोग गर्ने

कुमारी बैंकको सामाजिक उत्तरदायित्व, बाल स्वास्थ्य प्रतिष्ठानलाई २५ लाख सहयोग गर्ने



काठमाडौं । कुमारी बैंक र काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानबीच सम्झौता भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतिष्ठानलाई २५ लाख रुपैयाँ प्रदान गर्ने गरी सम्झौता भएको हो ।

Laxmi_sunrise
KBL

नेपालमा बालबालिकाको गुणस्तरीय जीवनका लागि किफायती, पहुँचयोग्य र सबैका लागि उपलब्ध बहुविशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने प्रशंसनीय लक्ष्य लिई अघि बढिरहेको काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानले हाल काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका, वडा नम्बर ७ मा बाल अस्पताल निर्माण गरिरहेकोमा सो अस्पताल निर्माणका लागि कुमारी बैंक लिमिटेडले उक्त सहयोग प्रदान गर्नेे जनाएको छ ।

सामाजिक उत्तरदायित्वलाई आफ्नो मान्यताको रूपमा अँगाल्दै आएको कुमारी बैंक लिमिटेडले समग्र समाजको हित हुने यस्ता परियोजनाहरूलाई प्रोत्साहन गर्दै आएको छ । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल तथा काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानका संस्थापक अध्यक्ष प्राडा भगवान कोइरालाका बीचमा दुई संस्थाका अन्य पदाधिकारीहरुको उपस्थितीमा यस सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL