Logo

सेञ्चुरी बैंकले साढे ९ प्रतिशत लााभांस दिने

सेञ्चुरी बैंकले साढे ९ प्रतिशत लााभांस दिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता ।

सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयर धनीलाई साढे ९ प्रतिशत लाभांश दिने भएको छ । बैंकको विहीबार वसेको सञ्चालक समितिको १ सय ५९ औं वैठकले सो लाभांश दिने निर्णय गरेको हो ।

जसअनुसार ६ प्रतिशत बोनस सेयर र ३ दशमलव ४७ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावलाई पारितका लागि नेपाल राष्ट्र बैंक पठाइने बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७०÷७१ मा बैंकले रु. १० करोड ४५ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो । बैंकले कुल रु.२३ अर्व निक्षेप संकलन र १९ अर्ब ७० करोड कर्जा प्रवाह गरेको थियो ।
बैंकको हालसम्ममा ३१ वटा शाखा, २४ वटा एटीएम, ९ वटा शाखारहित बैंकिङ्ग र एउटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकलाई बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL