Logo

नेपाल बैंक र फोकसवनबीच सम्झौता, डिजिटल भुक्तानी सेवामा सहकार्य

नेपाल बैंक र फोकसवनबीच सम्झौता, डिजिटल भुक्तानी सेवामा सहकार्य



काठमाडौं । नेपाल बैंक लिमिटेडले फोकसवन पेमेन्ट सोलुसन प्रालिबीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बरिष्ठ प्रवन्धकसंजीव जोशी र फोकसवनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

laxmi

यो सम्झौताअनुसार नेपाल बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट तथा क्रेडिट कार्ड मोको डिजिटल वालेटमा एड गरी बिभिन्न सेवाहरु जस्तै मोवाईल टप अप, इन्टरनेट, बिजुली, खानेपानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन । साथै बैंकका ग्राहकहरुले मोको डिजिटल वालेटमामार्फत स्क्यान टु पे गरी रु. ६,०००।— भन्दा बढी भुक्तानी समेत गर्न सक्नेछन् ।

हाल मोको डिजिटल वालेटमा १९ वटा बैंक तथा वित्तीय संस्थाको भिसा डेबिट तथा क्रेडिट कार्ड एड गरी विभिन्न भुक्तानी गर्न सकिनेछ । भिसा कार्ड प्रयोग गरी विल भुक्तानी गर्ने यो नेपालकै पहिलो र एकमात्र भुक्तानी सेवा प्रदायक कम्पनी हो । विशेष गरी क्रेडिट कार्डबाट बिजुली, खानेपानी, हवाई टिकट तथा इन्टरनेटको विल भुक्तानी गर्न मिल्ने भएकोले यसको प्रयोग बढ्दो छ । मोको डिजिटल वालेट गुगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध छ ।

नेपालभर २२८ शाखाहरु, २०३ ए.टि.एम. साथै ५४ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत सेवा प्रवाह गरि प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL