Logo

दुरुपयोग भएको रकम ग्राहकको खातामा फिर्ता गरिसक्याैँ : एभरेष्ट बैंक

दुरुपयोग भएको रकम ग्राहकको खातामा फिर्ता गरिसक्याैँ : एभरेष्ट बैंक



काठमाडौं । एभरेष्ट बैंकले चोरी भएको भनिएको ग्राहकको पैसा ग्राहकको खातामा फिर्ता भएको बताएको छ । बैंकले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

laxmi

केहि समय पहिले एभरेष्ट बैंकका एक कर्मचारीले ग्राहकको खाताबाट अनधिकृत तरिकाले पैसा निकालेका थिए । सोही कुरालाई लिएर संचारमाध्यममा समाचार आएका थिए ।

अन्तिममा बैंकले कर्मचारीले हिनामिना गरेको पैसा ग्राहकको खातामा जम्मा गरिदिएको र यसको जानकारी पनि राष्ट्र बैंकले गरिसकिएको बताएको छ । ग्राहकको पैसा हिनामिना गर्ने कर्मचारीलाई भने प्रहरीको जिम्मा लगाई हाल अनुसन्धान भईरहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL