Logo

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ पे एन्ड सेभ खाता’, निःशुल्क डेबिट कार्ड र बैंक स्मार्ट एक्सपी सेवा

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ पे एन्ड सेभ खाता’, निःशुल्क डेबिट कार्ड र बैंक स्मार्ट एक्सपी सेवा



काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै नेपालमै पहिलो पटक अद्वितीय सुविधा भएको ‘सिद्धार्थ पे एन्ड सेभ खाता’ सञ्चालनमा ल्याएको छ ।

laxmi

शून्य मौज्दातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाइल बैंकिङ्ग मार्फत रु. १०० भन्दा बढीको विद्युतीय कारोबार गरेको अवस्थामा सो कारोबार रकमलाई आधार बनाई निश्चित रकम अभिभावकको खाताबाट कट्टा भई बालबालिकाहरूको खातामा स्वतः जम्मा हुनेछ ।

डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै बालबालिकाको लागी आजैबाट स–सानो बचत गर्दै जान अभिप्रेरित गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस खातामा बैङ्कले अभिभावक र बालबालिका दुवैको खातामा विशेष आकर्षणको रूपमा पहिलो वर्षका लागि निःशुल्क डेबिट कार्ड र बैंक स्मार्ट एक्सपी सेवा प्रदान गर्नेछ ।

साथै, ग्राहकहरूलाई यस खाता खोली यथाशीघ्र लाभ लिन प्रेरित गर्ने उद्देश्यका साथ सीमित अवधिका लागि क्यासब्याक योजना पनि उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL