Logo

राष्ट्र बैंकले आज पत्रकार सम्मेलन गर्दै, गर्भनरबाट विशेष घोषणा हुनसक्ने

राष्ट्र बैंकले आज पत्रकार सम्मेलन गर्दै, गर्भनरबाट विशेष घोषणा हुनसक्ने



काठमाडौं, । नेपाल राष्ट्र बैंकले आज पत्रकार सम्मेलन गर्ने भएको छ । सो पत्रकार सम्मेलनमार्फत ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का बारेमा जानकारी गराउने बताइएको छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

laxmi

बैंक तथा लघुबित्तप्रति सर्वसाधारणको आक्रोश, बैंकहरुको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिदै गएको, आर्थिक बृद्धिदर घटेको, आयातको मात्रा बढेको तर निर्यात घटेको, राजश्व कम उठेको लगायतको समस्यालाइ लिएर गर्भनर अधिकारीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन आज अपरान्ह १ बजे हुनेछ ।

बैंकहरुले बैशाख १ गतेदेखि लागू गर्ने ब्याजका बारेमा निर्णय गर्न लागेका बेला गभर्नर अधिकारीले पत्रकार सम्मेलन गर्न लागेका हुन । पत्रकार सममेलनमार्फत राष्ट्र बैंकले विशेष घोषणा गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL