Logo

सिटिजन्स बैंक र कालिन्चोक दर्शनबीच सम्झौता, बैंकका ग्राहकलाई कालिन्चोक दर्शनमा १० प्रतिशत छुट

सिटिजन्स बैंक र कालिन्चोक दर्शनबीच सम्झौता, बैंकका ग्राहकलाई कालिन्चोक दर्शनमा १० प्रतिशत छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र पशुपति रोड, गौशाला स्थित कालिन्चोक दर्शन लिमिटेडबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई कालिन्चोक दर्शनको सेवामा विशेष छुट दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले कालिन्चोक केबल कार सेवामा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १५ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL