Logo

चालू पूँजी कर्जा मार्गदर्शन संशोधन, ५ किस्तामा २०८२ भित्र तिर्न सकिने (पूर्ण पाठसहित)

चालू पूँजी कर्जा मार्गदर्शन संशोधन, ५ किस्तामा २०८२ भित्र तिर्न सकिने (पूर्ण पाठसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । राष्ट्र बैंकले आज पत्रकार सम्मेलन गर्दै उक्त मार्गदर्शन २ वर्षका लागि स्थगित गरेको जानकारी दिएको हो ।

जस अनुसार अबका दिनमा सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा उक्त कर्जा भुक्तानी गर्न सक्नेछन् । साथै उक्त कर्जा ५ किस्तामा भुक्तानी गर्न सकिने गरी मार्गदर्शन संशोधन गरेको हो ।

राष्ट्र बैंकले भदौं १ मा मार्गदर्शन जारी गर्दै कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो । तर उक्त मागर्दशन अहिलेदेखिनै पूर्ण रुपमा कार्यान्वयनमा ल्याउँदा समस्या हुने भन्दै उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका थिए । सोही अनुरुप राष्ट्र बैंकले बैंकरसँग छलफल चलाएको थियो अर्थमन्त्री विष्णु पौडेलले पनि आन्दोलनरत उद्योगी व्यवसायीलाई छलफलमा बोलाएर मध्यमार्गी बाटो अपनाउने आश्वासन दिएका थिए ।

सोही अनुरुप प्रधानमन्त्री पुष्पकमल दाहालले पनि बुधबार (आजै) अर्थमन्त्री पौडेलले र गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएर छलफल गरेका थिए ।

राष्ट्र बैंकले मार्गदर्शन कार्यान्वयनमा ल्याएसँगै उद्योगी व्यवसायीहरु रुष्ट बनेका थिए । उद्योगी व्यवसायीले उक्त मार्गदर्शन विरुद्ध विभिन्न चरणका आन्दालनहरु पनि अघि बढाएका थिए । जसका कारण राष्ट्र बैंकले उद्योगी व्यवसायीका समस्याहरु सम्बोधन हुनेगरी मार्गदर्शन संशोधन गर्नुपरेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

गत बर्षको पुसमा पहिलोपल्ट चालू पूँजी कर्जा मार्गदर्शनको मस्यौदा सार्वजनिक गरेको थियो । त्यसपश्चात सरोकारवालाहरुसँग विभिन्न चरणको छलफलपश्चात अन्तिम मस्यौदा गत भदौ ७ मा सार्वजनिक गरेको थियो । अन्तिम मस्यौदा सार्वजनिक हुँदैदेखि रुष्ट उद्योगी व्यवसायीहरु कार्तिक १ देखि यो कार्यान्यनमा आएपछि आन्दोलित नै भएका थिए ।

[googleapps domain=”drive” dir=”file/d/1jzL5m7525WO8hhgf6uzjZd-8BpUpINMf/preview” query=”” width=”800″ height=”900″ /]

प्रतिक्रिया दिनुहोस्
MBL